कालिकोटमा भिषण पहिरो,५ जना बेपत्ता

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

अबीरल वर्षापछि आएको पहिरोमा परि कालिकोटको रास्कोट नगरपालिका एक वडालतोलामा पाँच जना बेपत्ता भएका छन् । पहिरोमा परी स्थानीय जयबहादुर शाहीको ३ जनाको परिवार र दुईजना पाहुना बेपत्ता भएका हुन् ।बेपत्ता सबैको खोजी भैरहेको छ । बेपत्ता भएका शाहीको तीन जनाको परिवार बाहेक अरु २ जनाको ठेगाना खुल्न सकेको छैन । पहिरोको कारण अन्य ३ वटा घर र एक स्कुलपनि जोखिममा परेको छ ।

रास्कोट–१, मुर्मास्थित टप्केबगरमा टेक टमाटाको घरमा माथिबाट पहिरो खस्दा छोरी १८ वर्षीया यशुदा र पाहुना आएकी ८० वर्षीया मैतडा टमाटा घाइते भएकी छिन । सानीत्रिवेणी–७ का महावीर शाहीको घरमा पनि पहिरोले एकजनालाई पुरेको छ ।रास्कोट नगरपालिका र पचालझरना गाउँपालिकाको सिमानामा पर्ने फुगाड खोलामा रहेका दुई वटा पुल पनि बाढीले बगाएको छ । बाढीले एउटा पक्की पुल र एउटा झोलुङ्गे पुल बगाएको हो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *