कालिकोटमा खोलाले बगाउँदा एकै परिवारका चार जनाको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

कालीकोट स्थित खोलाले बगाउँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ।आफन्तकहाँ जाँदा खोला तर्ने क्रममा अछाम पन्चदेवल विनायक नगरपालिका वडा नम्वर ९ की एक महिलासहित उनका दुई छोरी र एक छोराको बगेर मृत्यु भएको हो।

मृत्यु हुनेमा ३३ वर्षीया महिला देवा बोहरा, उनकी १४ वर्षीया छोरी विपना, एक वर्षीया छोरी आकृति र ७ वर्षीय छोरा हेमन्त रहेको प्रहरीले जनाएको छ।उनीहरु आफन्तकहाँ आएका बेला घटना भएको कालिकोटका प्रहरी नायव उपरीक्षक श्याम ओलीयाले भने।

उनका अनुसार शनिबार साँझ नरहरीनाथ गाउँपालिका ७ स्थित उत्सव खोला तर्ने क्रममा उनीहरु बगेका थिए। इलाका प्रहरी कार्यालय कुमालगाउँबाट गएको प्रहरी टोलीले आइतबार दिउँसो उनीहरुको शव फेला पारेको थियो।चारैजनाको शव आफन्तको जिम्मा लगाइएको ओलीयाले बताए। देवा केटाकेटीसहित आमाको वार्षिकी तिथिमा माइतीघर गएकी थिइन्। त्यहाँबाट कालिकोटमै रहेकी दिदीको घर जान खोला तर्ने क्रममा उनीहरुलाई बगाएको हो।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *