कालापानी र लिम्पियाधुरा क्षेत्रमा नेपालीको प्रवेश रोक्न भारतले पठायो पत्र

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

भारतले कालापानी, लिम्पियाधुरा लगायतका क्षेत्रमा नेपालीहरुको प्रवेशमा रोक लगाएको छ । भारत उत्तराखण्डको धार्चुला प्रशासनले जिल्ला प्रशासन कार्यालयल दार्चुलालाई पत्र पठाइ गुञ्जी, कालापानी, लिम्पियाधुरासहितका क्षेत्रमा प्रवेश रोक्न माग गरेको हो ।पत्रमा अवैध रुपमा नेपालीहरु समूह बनाएर प्रवेश गरेको वा प्रवेश गर्न चाहेको सूचना प्राप्त भएको भन्दै सो कार्य रोक्न आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालयले पनि हालसालै नेपालले आफ्नो नक्सामा समावेश गरेको भुभागमा अवैध प्रवेश रोक्न आग्रह गरिएको व्यहोरोका पत्र धार्चुला प्रशासनबाट प्राप्त भएको पुष्टि गरेको छ ।

धार्चुला प्रशासनले लेखेको पत्रमा मिडियाको ध्यान तान्न र दुबै देशका प्रशासनलाई चिन्तित बनाउन नेपालीहरु समूह बनाएर भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा आउन चाहेको उल्लेख गरिएको छ । त्यस्तो किसिमको कुनै सूचना प्राप्त भएका उपलब्ध गराउन समेत धार्चुला प्रशासनले पत्रमा आग्रह गरेको छ ।नेपालले हालै लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूमि समेटेर नयाँ नक्सा जारी गरेपनि सो क्षेत्रको विषयमा भारतले विवाद गर्दै आएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *