कालंगागाड जलविद्युत आयोजनाको सुरुङमा ४ मजदुर फसे, उद्धारको प्रयास जारी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बझाङ : बझाङमा निर्माणाधिन कालंगागाड जलविद्युत आयोजनाको सुरुङमा चार जना मजदुर फसेका छन् । विदा सकिएपछि कामका लागि आइतबार दिउसो सुरुङ भित्र गएका मजदुर फसेका हुन् ।

ट्याक्टरमा सुरुङ्ग हेर्न गएका दैलेखका कर्णबहादुर शाही र महेन्द्रबहादुर शाही, अछामका महेन्द्र साउद र बझाङका शेरसिंह धामी भित्रै फसेका हुन् । सुरुङको विच भागमा पुगेपछि उनीहरु बेहोस भएर ट्याक्टरबाट खसेको चालक दिलबहादुर राना मगरले जानकारी दिएका छन् ।

घटनास्थलमा पुगेका नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीले उद्धारको प्रयास गरे पनि सफल हुन सकेको छैन । उद्धारका लागि सशस्त्र प्रहरीले हेलिकोप्टरबाट गोताखोर मगाएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *