बीपी र गणेशमान पुत्रलाई दायाँबायाँ राख्दै पौडेलले भने–बहुमतको निर्णय पार्टीलाई अभिशाप

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

 

काठमाडौं । नेपाली कांग्रेसको असन्तुष्ट पक्षले केन्द्रीय समितिले गरेको निर्णयमा आपत्ती जनाएको छ । शनिबार महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा बसेको वरिष्ठ नेता रामचन्द्र पौडेल समुहको बैठकले सभापति शेरबहादुर देउवाले पार्टीलाई संकटमा धकेलेको निष्कर्ष निकालेको हो ।
बहुमतका नाममा पार्टीको विधि विधान उल्लंघन गरेर निर्णय आएको छ । यो मान्दैनौं उनले भने, ‘हिजोको निर्णयले पार्टीलाई थप धरासायी बनाउँछ । देशभरका कांग्रेस कार्यकर्ता सचेत हुने बेला आएको छ ।’

उनले महासमिति बैठकपछि संशोधन गरिएको पार्टी विधानको धज्जी उडाउने काम सभापति देउवाबाट भएको आरोप आरोप लगाए । १२ सय बढी महासमिति सदस्यहरूको बैठकपछि पार्टीको विधान संशोधन भएको १ वर्षपनि पुगेको छैन, उनले थपे, महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने नाममा आफुखुशी विधानका धारा निलम्बन गरिएको छ । पार्टी विधानको निलम्बन गर्ने कुरा बहुमतबाट हुन नसक्ने भन्दै त्यसमा सहमति नखोजिएकोमा आपत्ति जनाए ।
महामन्त्री शशांक कोइरालाले पाटीभित्र एकतामा जोड दिँदै बहुमतबाट गरिएको निर्णयले पार्टीलाई कमजोर बनाउने बताए । सहमतिका लागि छलफल भइरहेकै बेला एक्कासी निर्णय भएको भन्दै कोइरालाले असन्तुष्टि व्यक्त गरे । पार्टी सहमतिका साथ अघि बढ्नुपर्छ । मैले सँधै पार्टी एकताको पक्षमा बोल्दै आएको छु, उनले भने, ‘हिजोको निर्णय राम्रो भएन । सभापतिले नै एकताका लागि बढी पहल गर्नुपर्छ ।’
पुर्व महामन्त्री एवं वार्ता टोलीका संयोजक प्रकाशमान सिंहले सहमतिका पक्षमा आफुहरू हुँदाहुँदै पनि सभापति देउवा पक्षले बहुमतको दम्भ देखाएको बताए । धेरै विषयमा सहमति नजिक थियौं । ‘हामीले थप वार्ता गरेर टुंगो लगाउँ भनेर आग्रह पनि गर्याै । तर, उहाँहरूले सहमति भन्दा वार्ताका नाममा अल्मल्याउने मात्र काम भयो,’ सिंहले भने । उनले पनि बहुमतबाट गरेको निर्णयमा आपत्ती जनाउँदै सो निर्णय स्विकार गर्न नसकिने बताए ।
शुक्रबार कांग्रेस बैठकले १४औ महाधिवेनश ०७७ फागुनमा गर्ने, विभाग बढाएर ४७ वटा बनाउने, तरूण दलको कार्यकाल छ महिना थप गर्नेसहित विभिन्न ९ वटा निर्णय गरेको थियो । वरिष्ठ नेता पौडेलपक्षले भने सो बैठक बहिष्कार गरेको थियो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *