कार्यक्रम बिथोल्न खोज्नेलाई मोटरसायकल र ट्रीपरले कुल्चिदिने महेश बस्नेतको चेतावनी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

कडा सुरक्षा घेरा बीच सप्तरी सदरमुकाम राजबिराजमा आज नेकपा ओली निकटका राष्ट्रिय युवा संघ नेपालको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

मधेस बादी र नेकपा दाहाल नेपाल समुहले बिरोध जनाए पछि पुर्व निर्धारीत जिल्ला समन्वय समितिको सभा हल बाट कार्यक्रम सारेर राजरंगशालाको खुला मैदानमा गरेका छन् ।
प्रशिक्षण कार्यक्रममा बोल्दै युवा संघकाका केन्द्रीय अध्यक्ष महेश बस्नेतले मधेसी दलका नेता कार्यकर्ताहरूले कालो झणडा देखाएर पुनः एक पटक आफनो चरित्र उदाङ्गो पारेका बताए ।

केपी ओलीको राष्ट्रियबादी चरित्रलाई कसैले केही बिगार्न नसक्ने बताउदै बस्नेतले मधेस दल र तिनका नेता कार्यकर्ता नसुध्रिएको प्रति दुख लागेको बताए ।

बैशाख १७ र २७ गते पछि ओली समर्थनले लड्डु र दाहाल नेपालले लठ्ठी पाउने दाबी गरे। उनले पुस १३ गते राजबिराजमा ओफनो विशाल जन सभा गर्न लागेको बताउदै बस्नेतले कार्यक्रम बिथोल्न खोज्नेलाई मोटरसायकल र ट्रीपरले झै युवासंघका कार्यकर्ताले कुल्चिने चेतावनी दिएका छन् ।

कार्यक्रममा नेकपा स्थायी समिति सत्यनारायण मण्डल , राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेल , महिला नेतृ रंजु ठाकुर लगायतका नेताहरूले प्रशिक्षण दिएका छन ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *