कारागारबाट फरार कैदी ९ महिना पछि पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सुरक्षा घेरा भित्र रहेको कारागारबाट गत कार्तिकमा भागेका कैदीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । कारागारबाट २०७६ कार्तिक ३० गते फरार भएका कैदीलाई प्रहरीले पुर्बि नवलपरासिको रजहर पुलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

२०७१ सालमा चितवन जिल्लाका रोजिन गुरुङको हत्यामा संलग्न रहेको ठहर गर्दै जन्मकैद जन्मकैद सजाय तोकिएका सुनसरीका कुलदिपराज धामीलाई पक्राउ गरेको हो । नेपाल र शसस्त्र प्रहरीको सुरक्षा घेरालाई तोडेर फरार भएका धामीको खोजी जारी राखेको प्रहरीले कञ्चनपुरबाट चितवन तर्फ आउँदै गर्दा रजहरबाट पक्राउ गरेको मकवानपुरका प्रहरी उपरिक्षक सुशिलसिंह राठोरले बताए ।

प्क्राउ परेका धामीलाई सजाय भुक्तानको लागि भिमफेदी कारागार पठाइने प्रहरीले जनाएको छ । कैदजीवन बाँकी नै रहँदा फरार भएका उलले पक्राउ परेपछि बाँकी कैदको डेढ गुणा बढी सजाय भोग्नुपर्ने प्रहरी उपरीक्षक राठौरले जानकारी दिए । प्रहरीले झण्ड ९ महिना पछि पक्राउ गरेका धामीलाई पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *