काम बिहिन भयो इलामको चिस्यान केन्द्र

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

इलाम नगरपालिकामा रहेको चिस्यान केन्द्र आठ वर्षदेखि काम बिहिन अवस्थामा छ । केन्द्र सञ्चालनमा नआउँदा किसानहरुले वर्षेनी लाखौं घाटा खेपिरहेका छन् । करोडौंको सरकारी लगानी समते खेर गइरहेको छ ।

केन्द्र सञ्चालनको ठेक्का नलाग्दा काम बिहिन अवस्थामा पुगेको हो । चिस्यान केन्द्र सञ्चालनमा नआउँदा किसानहरू मारमा पर्नुका साथै नगरपालिकाले करोडौंको घाटा बेहोरी रहेको छ ।

दुई हजार मेट्रिक टन क्षमता भएको चिस्यान केन्द्र सञ्चालनमा नआउ“दा जिल्लाकोे मौसमी उत्पादनले उपयुक्त मूल्य पाउँनु सकेको छैन । जिल्लामा अत्याधिक उत्पादन हुने अदुवा, इस्कुस, सुन्तला, टमटर, आलु, किबी, फलफूल लगायतले सिजन बाहेकको समयमा बजार पाउँन सकेको छैन ।

सिजनका समयमा जिल्लामा उत्पादन हुने कृषि जन्य उपभोग्य उत्पादनलाई सबै समय उपभोक्ताकोमा पु¥याउँने उद्देश्यले निर्माण गरिएको चिस्यान केन्द्र सञ्चालनमा नआउँदा दैनिक उपभोग गरिने फलफूल सागसब्जी तरकारी समेत बर्षेनी झापाबाट आयात गर्नु परेको छ ।

भारतीय दूतावासको सहयोगमा ६ करोड लगानीमा निर्माण गरिएको केन्द्र सञ्चालनमै नआई कर्मचारी बापत मासिक १५ हजार रुपैया“ खर्च हुँदै आएको छ । यसका साथै नगरपालिकाको बार्षिक छ लाख हाराहारीमा विद्युत बापत खर्च हुँने गरेको बताइएको छ । चिस्यान केन्द्रका लागि जडान गरिएको उपकरण समेत प्रयोगमै नआइ बिग्रने अवस्थामा पुगेको छन् ।

पटक पटक ठेक्का खुलाउँदा पनि सञ्चालनको लागि अहिलेसम्म केही नआएको नगरपालिकाको भनाई छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *