कामकाज ठप्प पारेर जनप्रतिनिधि र कर्मचारी भ्रमणमा सररर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

भोजपुर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी कार्यालयको काम नै ठप्प पारेर साताव्यापी भ्रमण हिँडे पछि सेवा प्रवाहमा समस्या भएको छ । गत आइतबारबाट जिम्मेवार ब्यक्तीहरु कार्यालयमा नभएपछि सेवाग्राही मारमा परेका हुन् ।

स्थानिय सरकार कार्यान्वयनमा आएपछि जनताले जनप्रतिनिधिसँग सेवाको धेरै आश गरेका थिए । तर जनप्रतिनिधि तथा जिम्मेवार कर्मचारी नै कार्यालयमा अनुपस्थित भएपछि उनीहरुलाई सास्ती भोग्न बाध्य भएका हुन । भोजपुर नगरपालिकाका प्रमुख कैलास कुमार आले, उपप्रमुख ममिता राई, प्रमुख प्रशाकिय अधिकृत रामप्रसाद ढुंगेल, लेखा प्रमुख सुरेन्द्र कुमार श्रेष्ठ, वडा अध्यक्ष, प्राविधिक, गरि १७ जनाको टोली भ्रमण हिडेपछि दैनिक कामकाजमा समस्या भएको हो ।

कार्यालयका अधिकांश शाखा कर्मचारी विहिन भएका छन् । कार्यालयमा सम्झौताको काम भईरहेको भएपनि आर्थिक कारोवार भने ठप्प रहेको छ । मौखिक रुपमा कार्यालयको निमित्त प्रशासकिय अधिकृतको रुपमा इन्जिनियर अरुण हमाललाई अनुमति दिएको भएपनि लिखित रुपमा जिम्मेवारी दिएको छैन् । जसको कारण आर्थिक लगाएतका कारोवार ठप्प छ ।

नगर प्रमुख तथा प्रशाकिय अधिकृत बाहिर भएको विषयमा सामाजिक सञ्जालबाट थाहा पाएको कर्मचारीहरुले बताएका छन् । साथै उनिहरुको कति दिने भ्रमण हो भन्ने समेत थाहा नभएको अन्य कर्मचारीहरुलाई जानकारी छैन ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *