काठमान्डौ स्थीत प्रहरी हेडक्वार्टरमा कार्यरत चार प्रहरीमा कोरोना संक्रमण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

काठमान्डौ स्थती प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत चार जना प्रहरीमा कोरोना सङ्क्रमण देखिएको छ।

एक हवल्दार र तीन जवानमा कोरोना देखिएको हो। नेपाल प्रहरीको आफ्नै अस्पतालमा भएको परीक्षणमा कोरोना देखिएपछि थप पुष्टिको लागि टेकु पठाइएको छ। हामीकहा चार जनालाई नै कोरोना संक्रमण देखिएको हो, तर थप पुष्टि गर्न टेकु पठाएका छौँ, एक प्रहरी अधिकृतले भने।

केही दिनअघि सञ्चार र सवारी शाखामा कार्यरत चार जनालाई ज्वरो आएपछि पीसीआर परीक्षण गरिएको थियो। तर प्रहरी प्रधान कार्यालयले भने औपचारिक रूपमा कोरोना पुष्टि भएको जानकारी दिएको छैन। पीसीआर परीक्षणको लागि पठाइएको हो। तर औपचारिक जानकारी स्वास्थ्य मन्त्रालयले नै देला, प्रहरीका प्रवक्ता डिआइजी नीरजबहादुर शाहीले भने।

कोरोना देखिएपछि उनीसँग सम्पर्कमा आएका अन्य १२ जनाभन्दा बढी प्रहरीको कोरोना परीक्षणको लागि स्वाब लिइसकेको छ।अहिलेसम्म देशभर १ सय १५ जना प्रहरी कोरोनाबाट सङ्क्रमित भइसकेका छन्।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *