काठमान्डौ महानगरपालीकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमान्डौ महानगरपालीकाका प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । शाक्यका पिसिआर रिर्पोट पोजेटिभ भाएपछि उनलाई संक्रमण पुष्टि भएको हो । महानगरपालिकाका सञ्चार विज्ञ मोहन बाँस्तोलाले मेयर शाक्यलाई कोरोना संक्रमण भएको पुष्टि गरेकाहुन ।
सञ्चार विज्ञ बाँस्तोलाले भने,उहाँमा कुनै लक्षण छैन । अहिले घरमै आइसोलेसनमा हुनुहुन्छ ।

आफूसँग सम्पर्कमा आएकाहरूलाई परीक्षण गराउन र आइसोलेसनमा जान आग्रह गर्नुभएको छ ।मेयर शाक्य श्रीमतीलाई कोरोनासँग मेल खाने लक्षण देखिएपछि ग्रान्डी अस्पतालमा उपचार गराउन गएका थिए । त्यहाँ परीक्षण गराउँदा मेयर शाक्यको रिपोर्ट पोजिटिभ देखिएको बाँस्तोलाले बताए । मेयर शाक्यकी श्रीमतीमा भने कोरोना नेगेटिभ देखिएको उनले जानकारी दिए ।काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वर मान डंगोलले शनिबारदेखि मेयर शाक्य घरमै रहेको बताए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *