काठमान्डौमै खान पाईन्छ निशुल्क भोजन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

काठमाण्डौको बुढानिलकण्ठमा रहेको जगन्नाथ मन्दिरमा दर्शनका लागि जाने भक्तजनका लागि निःशुल्क भोजनको ब्यवस्था भएको छ । मन्दिरमा पूजाका लागि टाढा–टाढावाट आउने भक्तजनलाई सहयोग पुगोस भनेर निःशुल्क भोजन अर्थात भण्डाराको ब्यवस्था गरिएको हो । मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरुलाई सुविधा दिने तथा प्रसादका रुपमा खाना ख्वाउने कार्यको थालनी गरिएको हो ।

भारतका विभिन्न स्थानबाट आएका एक हजार आठ जना बाबाहरुलाई बुढानिलकण्ठमा रहेको जगन्नाथ मन्दिरमा शनिबार खाना खुवाएर भण्डाराको सुरुवात गरिएको हो । मन्दिरको कोषमा आएको पैसाबाट हरेक दिन भण्डारा गरिने ब्यवस्थापन समितिले जनाएको छ । मन्दिरमा आएका सबै दर्शनार्थीहरुलाई खाना ख्वाएर मात्र पठाउने र स्वेछाले गरेको दानबाट नै निरन्तर भण्डारा सञ्चालन गर्ने ब्यवस्थापन समितिको तयारी छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *