काठमान्डौको वीर अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना संक्रमण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

वीर अस्पतालमा कार्यरत थप एक चिकित्सकमा पनी कोरोना भाइरसको संक्रमण देखिएको छ ।

आकस्मिक कक्षमा कार्यरत चिकित्सकको पीसीआर गरिएको र आज आएको पीसीआर रिपोर्टमा उनीमा कोरोना संक्रमण देखिएको अस्पतालका निर्देशक डा केदार सेञ्चुरीले जानकारी दिएकाछन् । उनका अनुसार करिब तीन दिनदेखि ज्वरो आएर घरमै आराम गरेका चिकित्सको पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको छ ।

बिहीबार एक चिकित्सकलाई कोरोना देखिएको थियो । अस्पतालका दुई चिकित्सकमा कोरोना संक्रमण देखिएपछि अन्य नर्स तथा स्वास्थ्यकर्मी ३५ जनालाई होटेलको क्‍वारेन्टिनमा राखिएको उनले बताए । उनले भने, दुवै चिकित्सकमा ज्वरो, खोकीलगायत समस्या देखिएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *