काठमान्डौको एक होटलबाट पेश्तोल सहित चारजना पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमान्डौबाट प्रहरीले चारजनालाई पेस्तोल सहित पक्राउ गरेको छ । बुधबार विहान साढे ११ बजे काठमाडौं महानगरपालिका ९ शम्भुमार्गस्थित एभरेष्ट होलिडे इन होटलको कोठा नम्बर ४०४ बाट चार जनालाई पक्राउ गरेको जानकारी दिएको छ । पक्राउ परेकाहरुमाथी थप अनुसन्धान भैरहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा बालुवाटार बस्ने उदयपुर कटारीका भीम सुर्खेती, लाजिम्पाट बस्ने सिन्धुलीका भीमबहादुर माझी, बल्खु बस्ने सिन्धुलीकै प्रदीप माझी र सीतापाइला बस्ने लोकेन्द्रबहादुर आले रहेका प्रहरीले जानकारी दिएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *