काठमान्डौं पछि प्रदेश ५ विनाशकारी भूकम्पको उच्च जोखिममा छ : भूगर्भ बिज्ञ डा. गौतम

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमान्डौं पछि प्रदेश नं ५ भूकम्पीय उच्च जोखिममा रहेको भूगर्भ बिज्ञले औंल्याएका छन ।

भूगर्भ बिज्ञको रुपमा काम गर्दै आएका डा। दिपक गौतमले भूकम्पीय जोखिमका हिसाबले प्रदेश नं ५ काठमाण्डौ पछि दोस्रो नम्बरमा रहेको दावी गरेका छन् । काठमाण्डौ माटोको कारणले र प्रदेश नं ५ भौगर्भिक दरारका कारणले भूकम्पको उच्च जोखिममा रहेको उनको बिष्लेषण छ । उनले विनाशकारी भूकम्पको पुनाराबृत्तिको समयको अध्ययन हामीले गछौं ।
विनाशकारी भूकम्पलाई हेर्ने हो भने १९९० सालको भूकम्प पुर्वमा गयो, २०७२ मा गोरखा केन्द्र बिन्दु बनाएर गयो , यो भन्दा पहिले १२५५ मा पश्चिम क्षेत्रमा भूकम्प गएको हुन सक्ने हाम्रो अध्ययनले देखाएको थियो ।
नारायणी नदिबाट पश्चिम क्षेत्रमा करिब ५०० वर्ष यता ठुलो भुकम्प गएको छैन उनले भने, यसले गर्दा जनिम मुनी शक्ति संचित भएको छ । जमिनमा १० मिटर माथि उठ्न सक्छ ।
विनाशकारी भूकम्पको जोखिम रहेको छ । चलायमान भौगर्भिक सक्रिय दरार नेपालमा उच्च हिमालको अग्रभागमा रहेकोले पूर्व देखि पश्चिम सम्म भुकम्प जाने गरेको उनले बताए । उनका अनुसार पूर्व,मध्ये र पश्चिम नेपालमा भूकम्पका केन्द्रबिन्दु केन्द्रीकृत छन् ।

हिमालयको सबै भन्दा सक्रिय दरार प्रदेश नं ५ अन्तर्गतका चुरे पहाडको अग्रभागमा रहेकाले प्रदेश नं ५ भूकम्पीय दृष्टिकोणले उच्च जोखिममा रहेको उनको भनाई छ । भौगर्भिक अध्ययन बिना सडक खनिएका कारण बुटवल–पाल्पा सडक खण्डका बिभिन्न भागमा पहिरो खसिरहने गरेको समेत उनले दावी गरेका छन् ।

हालै रुपन्देहीको तिलोत्तमामा आयोजित बिपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन नीति र रणनीतिक कार्ययोजना तर्जुमा सम्बन्धी कार्यक्रममा भेटिएका उनले पत्रकारसँग संक्षिप्त कुराकानीमा उक्त कुरा बताएका हुन। सो अवसरमा उनले नेपाल र प्रदेश नं ५ मा बिपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन बारे कार्यपत्र समेत प्रस्तुत गरेका थिए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *