काठमान्डाैमा थपिए ६३४ जना कोरोना संक्रमित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पछिल्लो २४ घण्टामा काठमाण्डु उपत्यकामा ६ सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाण्डुमा ४४७ , ललितपुरमा ११४ र भक्तपुरमा ७३ जना रहेका छन् ।

यस्तै सोमबार ८ सय १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाण्डुमा ६४९, ललितपुरमा १३२ र भक्तपुरमा ३६ जना रहेका थिए ।

यो सहित काठमाण्डु उपत्यकामा संक्रमितको संख्या २२ हजार ९ सय ५५ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *