काठमाण्डाैमा ट्रिपर दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तारकेश्वर नगरपालिका जितपुरस्थित कोट गाउँमा ट्रिपर दुर्घटना भएको छ । ‘क्लिन नेपाल’ नामक कम्पनीको फोहोर ढुवानी गर्ने ना २ क ३३८ नम्बरको ट्रिपर पल्टिदा दुई जनाको घटनास्थलमै मृत्यु भएको स्थानिय समाजसेवी बासुदेव घिमिरेले बताए ।

मृत्यु हुनेमा चालक माइला तामाङ्ग र सह चालक कमल तामाङ्ग रहेका छन । शुक्रबार बिहान काठमाडौँबाट नुवाकोटको सिसडोलमा फोहोर ढुवानी गर्ने क्रममा सो ट्रिपर दुर्घटना भएको हो । दुर्घटना अत्याधिक गतिका कारण हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको र दुर्घटना बारे अनुसन्धान भइरहेको प्रहरी बृत बालाजुका प्रमुख रन्जित सिंह राठौरले बताए ।ट्रिपर सडकबाट करिब ५० मिटर तल आलुबारीमा खसेको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *