काठमाडौं महानगरमा यस्तो छ कोरोना संक्रमितको वडागत तथ्यांक,सबभन्दा धेरै कहा ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

काठमाडौंमा महानगरभित्र मात्रै ६ भदौसम्म कोरोना संक्रमितको संख्या १६०६ पुगेको छ। महानगरको तथ्यांक अनुसार ६ भदौसम्म कुल संक्रमितमध्ये १८८ जना निको भएर घर फर्किएका छन् भने ८ जनाको मृत्यु भइसकेको छ। महानगरले निको भएकाहरूको यकिन तथ्यांक अझैं पूर्ण रुपमा आइनसकेको जनाएको छ।

त्यस्तै आइतबार काठमाडौंमा जिल्लाभरीमा १२६ जना कोरोना संक्रमित थपिएका छन्। उक्त तथ्यांक महानगरले यसमा अद्यावधिक गरेको छैन।

यो तथ्यांक अनुसार महानगरमा सबैभन्दा धेरै संक्रमित रहेको वडा नम्बर ३२ कोटेश्वर क्षेत्र हो भने सबैभन्दा कम संक्रमित रहेका वडा नम्बर १८ नरदेवी र वडा नम्बर २० भीमसेनस्थान क्षेत्र रहेका छ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *