काठमाडौं महानगरपालिकाको विरोधका बाबजुत टुँडिखेल खाना खुवाईयो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

काठमाडौं महानगरपालिकाको विरोधका बाबजुत काठमाडौंको खुलामञ्चमा भोका नागरिकलाई खाना खुवाउने कार्यक्रमले निरन्तरता पाएको छ ।

बुधबार साझा पार्टी, हन्ड्रेड ग्रुप लगाएतले खुलामञ्चमा खाना बितरण गरेको हो । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना खुवाउन रोक्ने जनाएपछि साझा पार्टीले खाना वितरणलाई निरन्तरता दिएको बाग्मती प्रदेश सांसद एवं साझा पार्टीका केन्द्रीय सदस्य शोभा शाक्यले जानकारी दिए ।

यसअघि मंगलवार पार्टीले बुधवार बिहान र साँझको खाना आफ्नो खर्चमा पार्टीका स्वयंसेवी परिचालन गरेर खुवाउने घोषणा गरेको थियो । शाक्यले भोका नागरिकलाई खाना खुवाउने कार्यलाइ रोक्न नहुने बताए ।

यसअघि काठमाडौं महानगरपालिकाले खुलामञ्च लगायतका स्थानमा निःशुल्क खाना खुवाउनेहरुलाई विकल्प खोज्न आग्रह गरेको थियो । साझाले खान खुवाउने कार्यक्रम कुनैपनी हालतमा न रोकिने र कसैले रोकेर देखाउन भन्दै महानगरलाई चुनौती नै दिएको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *