काठमाडौं मल भत्काउने क्रममा अचानक खस्दा एक जना घाइते

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

काठमाडौं मलको भवन भत्काउँदै गर्दा केही भाग अचानक खसेपछि एक जना घाइते भएका छन । काठमाडौं मलको भवन भत्काइरहेको समयमा अचानक एक भाग खस्दा एक्साभेटर चालक घाइते भएका हुन ।

घरको भागले एक्साभेटरलाई थिचेको थियो । घाइते हुनेमा वीरगञ्ज स्थायी घर भएका चालक विष्णु शाह रहेका छन । उनको अस्पतालमा उपचार भइरहेको छ । केहि दिन अघि देखी काठमाडौं मलको पुरानो घर भत्काउने काम भईरहेको थियो । करिव ४० प्रतिशत घर भत्काउन बाँकि रहेको र एक्जाभेक्टरको ब्रेकरले भत्काउँदा उनी घाईते भएको बताइएको छ । भूकम्पले क्षतिग्रस्त धरहरा पूर्ननिर्माणको काम अहिले भइरहेको छ । एक्जाभेक्टरमा क्षति पुगेको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *