काठमाडौं कडाई : राति १२ बजेदेखि भदौ १५ गते रातिसम्म निषेध जारी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सरकारले विहिबार रातिदेखि काठमाडौं उपत्यकामा विशेष कडाई गर्ने भएको छ ।काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको शुक्रबार बसेको बैठकले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ बमोजिम निषेध जारी गर्ने निर्णय गरेको छ । निषेध आज राति १२ बजेदेखि आगामी भदौं १५ गते राति १२ बजेसम्म कायम रहने छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालय बबरमहलमा बसेको भक्तपुर जिल्ला प्रशासन कार्यालय र ललितपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आज रातिदेखि काठमाडौं उपत्यकामा कडाई गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरस संक्रमणको बढ्दो जोखिमले उपत्यकालाई आक्रान्त पारेको र संक्रमण फैलने सम्भावना झनै बढेकोले यस्तो निर्णय लिइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए।

बैठकले खुल्ला स्थानमा भेला जम्मा नहुन, भीडभाड गर्न, सभा जुलस गर्न निषेध गरिएको गर्ने निर्णय गरेको छ । यस्तै जात्रा मनाउन पनि निषेध गरिएको छ भने कुनै पनि महोत्सवहरुको आयोजना गर्न पनि नपाइने भएको छ ।

दैनिक हुने नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक गतिविधिहरुमाथि पनि निषेध लगाइएको छ । निषेध गरिएको गतिविधिहरु गरिएको खण्डमा ऐन बमोजिम हदैसम्मको कारवाही हुने पनि बैठक पछि जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *