काठमाडौंमै एक महिलामाथि सामुहिक बलात्कार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौंको तारकेश्वर नगरपालिका पुरानो गुहेश्वरीमा एक महिलामाथि सामुहिक बलात्कार भएको छ। जबरजस्ती करणी गरेको आरोपमा तारकेश्वर नगरपालिका-४ पुरानो गुहेश्वरी बस्ने ३९ वर्षीय रोम राज पुतुवार र ४९ वर्षीय लाले तामाङलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी वृत्त  बालाजुका प्रहरी निरिक्षक गम्भीर जंग थापाले बताए।

उनीहरूले ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको निरिक्षक थापाले बताए।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *