काठमाडौंमा ५ टन गाइको मासु बरामद, सोल्टी र हायात होटलले ल्याएको खुलासा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

स्करी गरेर काठमाडौं भित्रिएको ५ टन गाईको मासु राजस्व अनुसन्धान विभागले बरामद गरेको छ ।

सोल्टी, हायात लगायतका होटलले राजश्व छलेर ल्याउँदै गरेको गाईको मासु विभागले बरामद गरेको हो ।

सर्लाहीको मलंगवा नाका हुँदै ल्याएका दुइवटा ट्रक चेकजाँच गर्दा गाईको मासु रहेको पत्ता लागेको विभागले जनाएको छ ।

ट्रकमा १२ टन कुखुराको मासु पनि रहेको थियो ।

उनीहरुले आलु र केराउ भन्दै प्रहरीलाई झुक्याएर काठमाडौंसम्म मासु ल्याइपु¥याएको अनुसन्धानबाट खुलेको छ ।

भारतबाट नेपालमा जिउदो पशुपंक्षी तथा मासु ल्याउन प्रतिबन्ध छ।

मासु जाँचका लागि विभागले खाद्य तथा गुणस्तर विभागमा पठाउने तयारी गरेको छ। आजको अर्थबाट

(Visited 1 times, 2 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *