काठमाडौंमा ३५० सहित उपत्यकामा थपिए ३८८ कोरोना संक्रमित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३८८ कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा ३८८ संक्रमित थपिएका हुन् ।बुधबार काठमाडौंमा ३५० जना, भक्तपुरमा ९ र ललितपुरमा २९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

मंगलबार काठमाडौं ३९३ जना, भक्तपुरमा ३० र ललितपुर ५८ जना गरी ४८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।सोमबार काठमाडौं १९० जना, भक्तपुरमा ४१ र ललितपुर ६७ गरी २९८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

आइतबार काठमाडौं ३७२ जना, भक्तपुरमा ४५ र ललितपुर १२ गरी ४२९ कोरोना संक्रमित थपिएका थिए । शनिबार काठमाडौंमा १५५ जना, भक्तपुरमा १२ र ललितपुर १९ जनाम गरी १८६ जना कोरोना संक्रमण देखिएको थियो ।

त्यसैगरि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा एक हजार १२० संक्रमित थपिएको जानकारी दिएकाछन् । जसमा ३२० महिला र ८०० पुरुष रहेका छन् । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १८ हजार १०८ रहेको छ ।पछिल्लो २४ घण्टामा एक हजार ११२ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । पछिल्लो त्यसैगरी हालसम्म २३ हजार २९० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५६ प्रतिशत रहेको छ ।

देशभरका संस्थागत आइसोलेसन १० हजार ४९३ जना र होम आइसोलेसनमा ७ हजार ६१५ रहेका छन् । आजसम्म देशभर ६ हजार ७६७ जना क्‍वारेन्टिनमा रहेका छन् ।बागमती प्रदेशमा १४ जना, प्रदेश १ मा एक जना र प्रदेश ५ मा ३ जना गरी १८ जना भेन्टिलेटरमा रहेका छन् । देशभर १४१ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । बागमती प्रदेशमा सबैभन्दा बढी ७५ जना छन् ।

पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु धनुषा, चितवन, रुपन्देही, मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, काठमाडौं र ललितपुर रहेका छन् । सोलुखुम्बु मुस्ताङ, डोल्पा र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ। हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ ।

आइतबार देशभर १२ हजार ७१७ जनाको पीसीआर परीक्षण गर्दा एक हजार २२१ जनामा कोरोना पोजेटिभ देखिएको थियो । सोही अवधिमा २६७ जना डिस्चार्ज भएका थिए भने १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

सोमबार ११ हजार १२९ जनाको पीसीआर परीक्षण गर्दा ८९९ जनामा कोरोना पोजेटिभ देखिएको थियो । यस अवधिमा ५४४ जना डिस्चार्ज भएका थिए । सोमबार थप सात जनाको मृत्यु भएको थियो । मंगलबार १२ हजार ८८ जनामा गरिएको पीसीआर परीक्षणका क्रममा एक हजार ६९ जनामा कोरोना पोजेटिभ देखिएको थियो । त्यसैगरी यस अवधिमा ७६८ जना डिस्चार्ज भएका छन् । त्यसैगरी ११ जनाको मृत्यु भएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *