काठमाडौंमा विहिबार देखि निषेधाज्ञा खुकुलो : सबै व्यवसाय, सार्वजनिक यातायात पनि चल्ने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

काठमाडौंमा विहिबार देखि सबै प्रकारका व्यापार व्यवसाय सशर्त खुल्ने भएका छन् । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले करिब ३ सातादेखि जारी निषेधाज्ञा खुकुलो पार्दै भोलिदेखि यातायात र व्यापार व्यवसाय खोल्ने निर्णय गरेको हो ।

भोलिदेखि काठमाडौं जिल्लाभित्र निजी तथा सार्वजनिक यातायात जोरबिजोर प्रणालीमार्फत सञ्चालन हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।
भोलिदेखि व्यापार व्यवसाय पनि प्राय सबै खुल्ने तर दिन अनुसार’ प्रमुख जिल्ला अधिकारी दाहालले भने, हप्ताको दुई वा तीन दिन भनेर मिलाइरहेका छौं, व्यापारको प्रकृतिको अनुसार समय पनि तोकेका छौं।’

विशेषगरी व्यवसायलाई जोड दिएर निषेधाज्ञा खुकुलो बनाइएको उनले बताए । उनका अनुसार अन्य क्षेत्रका लागि भने भदौ ३१ गतेसम्म निषेधाज्ञा जारी रहनेछ, नाकामा यसअघि झै कडाई गरिनेछ भने धेरै भिडभाड हुने क्षेत्र बन्द नै रहनेछन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *