काठमाडौँ उपत्यकामा थप ९०२ जनामा कोरोना पुष्टि

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपालमा बुधबार थप १५५९ जनामा कोरोना पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ५८२ महिला र ९७७ पुरुष गरि थप १५५९ जनामा कोरोना पुष्टि भएको हो ।

बुधबार काठमाडौं उपत्यकामा थप ९०२ जनामा कोरोना देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २७४ महिला र ४२३ पुरुष गरि ६९७ जना, भक्तपुरमा ५३ महिला र ४० पुरुष गरि ९३ जना र ललितपुरमा ४६ महिला र ६६ पुरुष गरि ११२ जना रहेका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८१७ सय पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ७ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना कारण ज्यान गुमाउनेको संख्या ४९८ पुगेको छ ।

त्यस्तै बुधबार १०५७ जना डिष्चार्ज भएका छन् । यो संगै नेपालमा कोरोना निको हुनेको संख्या ५६,४२८ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या २०,८९१ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

हाल क्वारेन्टाइनमा ५४२८ जना रहेका छन् । त्यस्तै होम आइशोलेशनमा १०,८०४ जना रहेका छन् भने संस्थागत आइशोलेशनमा १० हजार ८७ जना रहेका छन् । त्यस्तै हालसम्म १ लाख २१ हजार ५०३ वटा पिसिआर भएको मन्त्रालयले जनाएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *