कांग्रेस वरिष्ठ नेता पौडेलले भेटे तनुहुँको बाढि पहिरो पीडीतलाई

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केहि दिन अघि तनहुँमा गएको बाढि पहिरोमा परि घाइते भएकाहरुलाई अस्पतालमा पुगेर भेट गरेका छन् । बरिष्ठ नेता पौडेलले तनहुँको व्यास नगरपालिका– ९ माझफाँटका केशर थापा र ऋषिङ गाउँपालिका– ८ पल्ट्याङका दधिसरा थापाको गण्डकी मेडिकल कलेज पोखरामा पुगी स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् ।

घाइते केशर थापालाई व्यास नगरपालिकाका तर्फबाट दिइने राहत रकम पनि पौडेलले अस्पतालमा नै हस्तान्तरण गरेको उनका स्वकिय सचिव चिरन्जीवी अधिकारीले जानकारी दिए । उनीहरु दुवै जनाले पहिरोमा परि परिवार गुमाएका थिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *