कांग्रेस महामन्त्री शशांक कोइराला कोरोना मुत्त

नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाको स्वास्थ्यमा सुधार हुँदै गएपछि शनिबार घर फर्किएका छन् । चाबहिलस्थित ओम अस्पतालमा उपचारत महामन्त्री कोइरालालाई अस्पतालले शनिबार डिस्चार्ज गरको हो ।
मंगलबार राति एक्कासि शरीरको तापक्रम बढेपछि होम आइसोलेसनमा बसेका महामन्त्री कोइरालालाई अस्पतालमा भर्ना गरिएको थियो । उनको आईसीयूमा राखेर उपचार गरिएको थियो । अबको केही दिन उनी होम आइसोलेसनमा बस्ने छन् ।
(Visited 1 times, 1 visits today)