कांग्रेसले आइतबार सम्म उम्मेदवार टुंगो लगाउने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपनिर्वाचनका लागि आगामी आइतबारमात्र उम्मेदवारको टुंगो लगाउने भएको छ ।

पार्टी सभापतिको शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहिबार बसेको कांग्रेस पदाधिकारीको बैठकले थप छलफल आवश्यक रहेको ठहर गर्दै आइतबारमात्र उम्मेदवार चयन गर्ने निर्णय गरेको हो । उम्मेदवारको विषय पदाधिकारीले नै छलफल गरेर टुंग्याउने कांग्रेसले जनाएको छ । बैठकमा बैठकमा पहिलो र दोस्रो चरणको जागरण अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिहरुसँग छलफल गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

उहाले उम्मेद्वार चयन गर्ने कार्य अन्तिम चरणमा पुगेको पनि बताउनुभयो । तीन वटा प्रदेशसभा र संघको उम्मेदवार चयन गर्ने बिषयमा पनि पदाधिकारीबीच छलफल भएको उहाको भनाई छ । अन्य बिषयमा शुक्रबार बस्ने केन्द्रिय कार्यसमिति बैठकमा छलफल हुने प्रवक्ता शर्माले बताउनुभयो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *