कसले जलायो गोंगबुमा ग्यारेज भित्रै रहेका ८ वटा माइक्रो बस ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नया बसपार्क जनीक गोंगबुको एक ग्यारेजमा रहेको ८ वटा माइक्रो बस जलेर नष्ट भएका छन् ।नयाँ बसपार्क नजिक रहेको सप्तश्री माइक्रो ग्यारेजमा बिहान तीन बजेतिर आगलागी हुँदा पार्किङ्ग गरि राखिएका ८ वटा माइक्रो बस पूर्णरुपमा जलेर नष्ट भएको गोंगबु प्रहरीले जानकारी दिएको हो ।

आगजनीबाट बा २ ख २०८०, बा ४ ख २४०,बा ३ ख ८५८९, बा ४ ख ४०९, ग १ ख २४४६ नम्बर लगायतका गाडी जलेर नष्ट भएको महानगरीय प्रहरी वृत्त महाजगञ्जका डिएसपी रोशन खड्काले जानकारी दिएकाहुन ।

गाडीमा लागेको आगो प्रहरी र दमकलको सहायतामा नियन्त्रणमा लिइएको थियो । आगलागीका कारण चारवटा गाडीमा आंशिक क्षति भएको छ ।उत्त ग्यारेज नुवाकोट घर भई हाल टोखा बस्दै आएका नवराज आचार्यले वर्कशप सञ्चालन गर्दै आएको खुल्न आएको छ।
‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍
गाडीमा आगो कसरी सल्कियो भन्ने अझै खुल्न सकेको छैन। तर, घटना शङ्कास्पद भएको भन्दै त्यही अनुसार अनुसन्धान गर्न महानगरीय प्रहरी कार्यालय काठमाडौँले निर्देशन दिइसकेको छ।

लकडाउनका कारण लामो समय चल्न नपाएपछि विमा रकम दाबी गर्न गाडी जलाएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *