कसलाई के चिन्ता … माधवकुमार नेपाललाई पार्टी फुट्ने चिन्ता

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधावकुमार नेपालले पछिल्ला घटनाहरुका कारण पार्टी विभाजित हुने र आन्दोलन नै विसर्जनमा जाने प्रश्नहरु उठेको बताउनुभएको छ ।

नेकपा बागमती प्रदेश कमिटीको राजनैतिक प्रशिक्षण तथा भेला कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले पार्टी विभाजन हुने विषयमा प्रश्न उठेकाले प्रश्ट हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘पत्रपत्रिकामा पढेर तपाइहरुको दिमाग खराब भएको छ, कतै यो पार्टी भताभुङ्ग हुने त होइन, कतै यो पार्टी विभाजित बन्ने त होइन, पार्टी मात्रै होइन यो आन्दोलन नै कतै विसर्जनको दिसामा जाने त होइन ? यस्ता प्रश्नहरुपनि नउठने गरेका होइनन् । उठछन र त्यसको बारेमा हामी प्रस्ट हुनु पर्दछ । ’ उहाँले यो आन्दोलनलाई विसर्जनको दिसामा जान र पार्टीलाई विघटनको दिसामा जान नदिने बताउनुभयो ।

७० वर्षको लामो यात्रा पार गरेर अहिलेको अवस्थामा आइपुगेकाले पार्टी भित्र उब्जिएका समस्या देखेर नआत्तिन कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । उहाँले पार्टी भित्र समस्या पनि हुने र समाधान पनि हुने भएकाले विचलित हुनुपर्ने आवश्यकता नरहेको बताउनुभयो ।

उहाँले ऐतिहासिक कोसेढुङ्गाको रुपमा दुई पार्टीलाई एकतावद्ध गरेर नेपाली जनतालाई विश्वास दिलाउन सफल भएको बताउनुभयो । एकिकरण भएको झण्डै दुई वर्ष भइसक्दा समेत एकताका केही कामहरु टुङ्ग्याउन नसकेको भएपनि त्यसैमा मात्रै चिन्तित हुनुपर्ने आवश्यकता नरहको बताउनुभयो । उहाँले एकिकरणको काममा विलम्ब भएकोले छिटो भन्दाछिटो सम्पन्न गरेमात्र कार्यकर्तामा एकताको अनुभुति हुने बताउनुभयो । उहाँले एकता संघर्ष र एकता निरन्तर चलिरहने प्रकृया भएको समेत बताउनुभयो । उहाँले देशमा कम्युनिष्ट पार्टीबाहेक अन्य पार्टीलाई जनताले विश्वास नगरेको उल्लेख गर्दै नेकपाले आफ्नो योज्ञता प्रदर्शन गर्न सकनुपर्ने र एक्लो छौं, दुई तिहाई छौं भनेर दम्भको सिकार बन्न नहुने बताउनुभयो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *