कलैया उपमहानगरपालिकाका प्रमुखमाथि वडाध्यक्षद्धारा हातपात, उपमहानगरपालिकाका कर्मचारी सडकमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत माथि सोही नगरपालिकाका वडाध्यक्षले हातपात र अश्लिल शब्द प्रयोग गरी गाली गलौज गरेको आरोपमा वडाध्यक्षलाई कारवाहि को माग गर्दै नगरपालिकाका कर्मचारीहरुले सबै कामकाज अनिश्चित समयका लागि ठप्प गरेर बिरोधमा उत्रिएका छन् ।

कलैया उप महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिनारायण बेल्वासेलाई सोही नगरपालिका वडा नं ४ का वडाध्यक्ष मिश्रि जटाशंकर सहनीले हातपात गरी अश्लिल शब्द प्रयोग गरी गाली गलौज गरेको भन्दै सार्वजनिक अपराध अन्र्तगत वडाध्यक्षलाई थुनामा राखेर कारवाही नगरेसम्म नगरपालिकाको सबै काम ठप्प पार्ने भन्दै कर्मचारीहरुले शुक्रबार तालाबन्दी गरेका हुन् ।

आईतवार उपमहानगरपालिकाका स्वास्थ्य, शिक्षा लगायत सवै क्षेत्रका कर्मचारीहरु बडाध्यक्षलाई कारवाहिको माग गर्दै रैलीको साथ प्रशासन कार्यलयका सुचना अधिकृत मुरारी कार्कीलाई ज्ञापन पत्र बुझाएका छन ।

प्रमुख प्रशासकिय अधिकृत बेल्वासेले वडाध्यक्षले आफुलाई कार्यकक्षमा कुर्चि उठाएर हान्ने क्रममा अन्य कर्मचारीले जोगाएको दावी गरेका छन् । ‘मेरो वडाको योजनाहरु मलाई नसोधि किन काटियो भन्दै उहाँले मलाई टेबल उठाएर हान्ने क्रममा केही कर्मचारी साथीहरुले छेकेर मलाई जोगाए’ बेल्वासेले भने, ‘मैले मापदण्ड बिपरित गएर वडाको बजेटवाट प्रशासनिक खर्च गर्न मिल्दैन चिक्त नबुझेको विषय कार्यपालिकाको बैठकमा राख्नुुस् मात्रै के भनेको थिए उहाँले अश्लिल शब्द प्रयोग गर्ने, टेबल उठाएर झ्याल ढोकाका सिसाहरु फुटाउने काम गर्नुभयो’ ।

सो घटनाको बिरोधमा कर्मचारीहरुले शुक्रवार साँझदेखि नै नगरक्षेत्रको फोहोर उठाउन छोडेका छन् । ‘सार्वजनिक अपराध अन्र्तगत वडाध्यक्षलाई थुनामा राखेर कारबाहि नभएसम्म हामी काममा फर्कदैनौ’ बेल्वासेले भने ।
कलैया उपमहानगरपालिकाले आफ्ना २७ वटा वडाहरुलाई समान रुपमा ९० लाखको दरले वडास्तरको बजेट बिनियोजन गरेको छ । वडाध्यक्ष सहनीले ९० लाख बजेटले आफ्नो वडाको १६ ओटा योजनाहरु ल्याएका छन् ।

यता वडाध्यक्ष सहनीले प्रमुख प्रशासकिय अधिकृतल मेरो विरोधमा सम्पुर्ण उपमहानगरपालिका नै बन्द गरि जुलुस लिएर जानु भएको छ, निष्पक्ष छानविन होस मेरो गल्ती भए जे कानुनी कारवाहि भोग्न आफु तयार रहेको बताए । प्रशासकिय अधिकृतले आफनो राजनितिक चरित्र हत्या गर्न खोजेको आरोप लगाएका छन । ममाथि लगाएको कुर्सी तोडेको गाली गलौज गरेको आरोप सरासर गलत रहेको बताए । त्याहाको घटनो सवै सिसिटिभिमा कैद भएको छ ।

कलैया उपमहानगरपालिकाले वडागत बजेट बाहेक नगरस्तरिय योजनाको लागि १३ करोड ८० लाख ६२ हजार बजेट छुटएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *