करोडौ मुल्यबाराबरको लागूऔषध सहित एक जना पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

मोरङको बिराटनगर महानगरपालिका २ बरगाछी चोकबाट नियन्त्रीत लागूऔषध एन्फाटामाईन आईस सहित १ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा मंगलवार दिउँसो २ बजे जिल्ला प्रहरी कार्यालय मोरङ र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले को ३७ प ८३१६ नम्बरको मोटरसाईकलमा सवार रहेका सुन्दरहरैचा नगरपालिका ८ का ४२ बर्षीय राम प्रसाद पोखरेललाई २२२ ग्राम १५० मिलिग्राम लागुऔषध सहित पक्राउ गरेको हो । बरामद गरिएको लागू औसधको नेपाली बजार भाउ करोड भन्दा माथि रहेको आज जिल्ला प्रहरी कार्यालयमा भएको पत्रकार सम्मेलनमा एसपी सन्तोष खडकाले बताए ।

लागूऔषध सहित पक्राउ परेका पोखरेलको सम्बन्धमा थप अनुसन्धान गर्ने क्रममा निजको घरमा समेत रहेको भन्ने प्रारम्भीक अनुसन्धानबाट खुले संगै निजको घरमा नियमानुसार खानतलासी गर्दा थप ३०८ ग्राम ७८ मिलिग्राम एन्फाटामाईन आईस बरामद भएको थियो । यसरी कुल ५३० ग्राम ९३ मिलिग्राम नियन्त्रीत लागूऔषध एन्फाटामाईन आईस सहित पक्राउ परेका पोखरेलको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *