करेन्ट लागेर तीन बालबालिकाको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

 

मंगलबार घोराहीमा करेन्ट लागेर तीन बालबालिकाको मृत्यु भएको छ । मोटर जोडेर पानी तान्ने क्रममा करेन्ट लाग्दा उनीहरुको मृत्यु भएको हो ।मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१० उत्तर अमराईका ८ वर्षीय प्रशान्त चौधरी, ४ वर्षीया रेणुका चौधरी र ३ वर्षीय अमृत चौधरी छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार स्थानीय कुलोमा मोटर जोडेर पानी तान्ने क्रममा कुलोमा खेल्न गएका बालबालिकालाई करेन्ट लागेको हो ।मोटरको तार सर्ट भएर करेन्ट लागेको हुन सक्ने प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *