करातेका १९ स्वर्ण मध्ये नेपालले १० जीत्यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

साग अन्तर्गत करातेको कुमुतेको ६८ केजी माथिको महिला तर्फ नेपालकी अनुपमा मगरले स्वर्ण जितेकी छिन ।

उनले फाइनलमा पाकिस्तानकी नरगिरलाई ६–२ स्कोरले हराउँदै स्वर्ण जितीन । यसअघि साग करातेको ५० केजी मुनीको तौल समुहमा नेपालका सोनाम लामा काश्यमा सिमित भएका छन । सातदोबाटो स्थित कराते हलमा भएको खेलमा नेपालका सोनाम पाकिस्तानका अहमद नोमानसँग सेमिफाइनलमा पराजित भए । जसका कारण उनको यात्रा काश्यमा नै सिमित बन्यो । सोनाम अहमदसँग चार तीन गोल अन्तरले हार्न पुगे । अहिलेसम्म कराँतेमा नेपालले नौ स्वर्ण जितेको छ । सागमा करातेको प्रतिस्पर्धा सकिएको छ । यो सागमा फेरी इन्ट्रि पाएको करातेमा नेपालले १० स्वर्ण पदक जित्यो । कुल १९ स्वर्णमा १० वटा जितेको नेपालको प्रदर्शनबाट केहि खेलाडी र प्रशिक्षक भने खुसी छैनन् । तीन वटा इभेन्टमा नेपालले स्वर्ण जित्न सक्थ्यो, तर त्यसमा खेलाडीले अन्तिममा चुकेको प्रशिक्षकले बताए । करातेमा समग्रमा भने नेपाल टिम च्याम्पियन बन्न सफल भयो । नेपालले १० स्वर्ण, ४ रजत र ५ कास्यसहित १९ पदक जित्न सफल भयो । जसमा राजकुमार पुडासैनी र दिवस श्रेष्ठ यसपटक स्वर्णको ठुलो आशा गरेका खेलाडी थिए । तर दुबै अन्तिममा रजतमा सिमित भए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *