कपीलवस्तुमा कर्फ्यू ,प्रहरीले गोली चलायो, एक जनाको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कपिलवस्तु : कपिलवस्तुको कृष्णनगरमा प्रहरीको गोली लागि स्थानीय सुरज कुमार पाण्डेको मृत्यु भएको छ । लक्ष्मी पूजाको मूर्ति बिसर्जनका क्रममा भएको विवादका कारण स्थानीय दुई समूहबीच झडप भएको थियो । कर्फ्यूकाबीच पनि प्रदर्शन भएपछि प्रहरीले नियनत्रणमा लिन गोली चलाउँदा पाण्डेको मृत्यु भएको हो ।

यसअघि लक्ष्मीपूजाको मूर्ति बिसर्जनका क्रममा सुरु भएको दुईपक्षको विवाद हिंसाको तहसम्म पुगेपछि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालिन कर्फ्यू समेत लगाएको छ ।

कर्फ्यू कृष्णनगर भन्सार कार्यालयदेखि ७ सय मिटर उत्तर, पश्चिमतर्फ ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटरको क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि लगाइएको प्रशासनले जानकारी दिएको छ । प्रशासनले कर्फ्यूको अवज्ञा गरेमा कानुन वमोजिम कारवाही गर्ने चेतावनी दिएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *