कपिलवस्तुमा १० दिनका लागि कार्यालय तथा सार्वजनिक यातायात सेवा वन्द

कोरोना भाईरसको संक्रमण समुदाय स्तरमा फैलन थाले पछि अत्यावश्यक सेवा वाहेकका सरकारी तथा गैरसकारी कार्यालयहरु १० दिनका लागि वन्द गर्ने निर्णय गरिएको छ । आज जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको वैठकले अधिक जन सम्पर्क हुने कार्यालयहरु, वैंक तथा वित्तिय संस्था र सार्वजनिक यातायातका साधानहरुलाई १० दिन वन्द गर्ने निर्णय गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार २३ गते विहान ५ बजे देखि ३२ गते राती १२ बजे सम्मका लागि यी कार्यालय तथा सेवाहरु वन्दको आह्वान गरिएको छ । निजी सवारी साधनको हकमा भने जोर दिन जोर नम्बर र विजोर दिन विजोर नम्बर प्लेटका सवारी साधनलाई संचलान गर्न दिईने छ ।
जिल्लामा कोरोना संक्रमण समुदाय स्तरमा देखिन थाले पछि यसको नियन्त्रणको लागि अहिलेको पहिलो चरणमा यस्तो प्रयास शुरु गरिएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ । जिल्लामा हाल सम्म कोरोना संक्रमितको संख्या ८ सय ४० जना पुगेको छ ।