कपिलवस्तुमा मास्क लगाउन अनुरोध गर्दा ६जना प्रहरी नै कुटिए

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

कपिलवस्तुको लवनीमा प्रहरीले मास्क लगाउन अनुरोध गर्दा उल्टै ६ प्रहरी कुटिएका छन्। कुटिनेमा प्रहरी चौकी लवनीमा प्रहरी नायव निरीक्षकसहित ६ जना रहेका छन्।

तीमध्ये ३ जना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा प्रहरी हवलदार विनोद कुमार वरुण, प्रहरी जवान जियावन कहार र महेन्द्र यादव छन्। घाइते प्रहरीलाई उपचारको लागि क्रिमसन अस्पताल लगिएको छ। मास्क नलगाई साइकलमा आएका २ जनालाई प्रहरीले मास्क लगाएर चलाउन अनुरोध गरेका थिए। प्रहरीले सम्झाई बुझाई घर पठाए पनि गाउँबाट ६ युवा बोलाई एक्कासि आक्रमण भएको सई सुनिल मल्लले जानकारी दिए। ती युवाले लाठी र रडले प्रहरीमाथि प्रहार गरेको थिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *