कपिलवस्तुको मर्यादपुरबाट भारतीय सुरक्षाकर्मीबाट एक नेपाली अपहरणमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

भारतीय सुरक्षाकर्मीले नेपाल भारत सीमा क्षेत्र अन्र्तगत मर्यादपुर सीमा नाका नजिकबाट एक जना नेपाली नागरिकलाई अपहरण गरेका छन् । शिनबार दिउसो करीब २ बजे यशोधरा गाउंपालिका वडा नं. ८ मटेरियाका करीब ४५ वर्षीय मुवारक खानलाई भारतीय सुरक्षाकर्मीले अपहरण गरेका हुन् । ड्राईभर सहित ४ जना भारतीय सुरक्षाकर्मीहरुले खानलाई अपहरण गरी सीमा पार भारतको खुनुवा बजार तर्फ लगेका छन् ।
उनीहरु सादा पोशाकमा भारतीय नम्बरको जीपमा आएका थिए । अपहरणमा परेका खानले सीमा पारी खुनुवा बजामा मोटरसाईकल वर्क सप संचाल गर्दै आएका थिए । अपहरणमा परेका खानलाई भातर तर्फ मोटरसाईकल चोरी तस्करी तथा अन्य अपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा भारतीय सुरक्षाकर्मीहरुले पक्राउ गरी लगेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
प्रहरी चौकी मर्यादपुरका प्रहरीहरु र सीमा क्षेत्रमा खटिएका शशस्त्र प्रहरीको टोलीले भारतीय सुरक्षाकर्मीहरुको गाडी रोक्न प्रयास गरे पनि प्रयास भने असफल भएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *