कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. १० का वडा अध्यक्षको निधन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

कपिलवस्तु, ९ अशोज – बुद्धभूमि नगरपालिका वडा नं. १० का वडा अध्यक्ष त्रिलोकी प्रसाद खरविन्दको निधन भएको छ । मुटु र मृगौला रोगका विरामी रहेका वडा अध्यक्ष खरविन्दको आज विहान ४ बजे मृत्यु भएको परिवारजनले बताएका छन् ।

मृतक वडा अध्यक्ष खरविन्द संघीय समाजवादी पार्टीका तर्फबाट उम्मेदवार भई वडा नं. १० मा निर्वाचित भएका थिए । स्थानीय वाणगंगा नदीको रामघाटमा आज दिउसो उनको शवको अंतिम संस्कार गरिने परिवारले जनता समाजवादी पार्टीका नेता संदीप पाण्डेयले बताए ।

वडा अध्यक्ष खरविन्दको निधन प्रति बुद्धभूमि नगरपालिकाका प्रमुख केशव श्रेष्ठले गहिरो दुख व्यक्त गर्दै शोक सन्तप्त परिवारज प्रति समवेदना प्रकट गरेका छन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *