कपिलवस्तुको बाणगंगा कजवेमा विद्युत प्राधिकरणको गाडी बगाउदा १ जनाको मृत्यु,२ जना बेपत्ता

कपिलवस्तुको वाणगंगा कजवेमा आएको बाढीले नेपाल विद्युत प्राधिकरणको गाडी बगाउँदा एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । वाणगंगा नगरपालिकाको वडा नं. ७ मोतीपुर भलवाड सडक खण्ड अन्र्तगत मधुवन धाम नजिककैको कजवेमा आएको बाढीले नेपाल विद्युत प्राधिकरणको बा.१ ञ १०८९ नम्बरको गाडी बगाएको हो ।
गाडीमा सवार ६ जनामध्ये तीन जनाले पौडेर ज्यान जोगाएका छन् । बेपत्ता भएका तीनमध्ये एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ । अन्य दुई जनाको सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय सर्वसाधारणले खोजी गरिरहेका छन् ।
(Visited 1 times, 1 visits today)