कतारले नेपाबाटहुने दोहा उडान स्थगित गर्यो ,नेपालद्वारा पनी विश्वका ८ मुलुकका नागरिकलाई अन अराइभल भिषामा रोक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

काठमाडौं – राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सले कतारको दोहामा गर्दै आएको नियमित उडान हाललाई बन्द गरेको छ । कोरोना भाइरस कोभिड–१९ को सन्त्रासका कारण निगमले मंगलबार देखि लागू हुनेगरी दोहा गन्तव्यको उडान स्थगन गर्ने निर्णय गरेको हो ।

कतारले कोरोना भाइरसको सङ्क्रमण जोखिमलाई न्यूनीकरण गर्न नेपालसहित विभिन्न १४ मुलुकका नागरिकलाई कतारमा प्रवेश गर्न अस्थायी प्रतिबन्ध लगाएपछि निगमले उक्त मुलुकको उडान स्थगन गर्नुपरेको निगमले विज्ञप्तिमार्फत जाकारी दिएको छ । “कतारले अस्थायी प्रतिबन्ध लगाएका १४ देशमध्ये नेपाल पनि एक भएकाले नेपालीले पनि हाललाई कतार प्रवेश गर्न नपाउने भएकाले दोहाको नियमित उडान हाललाई १० मार्च २०२० बाट अर्को निर्णय नहुन्जेल स्थगन गर्नुपरेको हो”, निगमको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

निगमले २०७६ फागुन २६ गते र सो भन्दा पछिका उडानका टिकट खरीद गरेका यात्रुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पूरै उपलब्ध गराइने जनाएको छ । त्यस्तै टिकटको उडानको मिति दुई पटकसम्म परिवर्तन गर्न शुल्क नलाग्ने व्यवस्था समेत गरिएको जनाएको छ ।

निगमले हालसम्म दोहाका लागि हप्तामा सातै दिन उडान गर्दै आएको थियो । यसअघि हिमालय एयरलाइन्सले सोमबारदेखि लागू हुनेगरी दोहा गन्तव्यको उडान रोक्ने निर्णय गरेको थियो ।
त्यस्तै नेपाल सरकारले कोरोना भाइरसको संक्रमण फैलिएका विश्वका ८ मुलुकका नागरिकलाई अन अराइभल भिषा नदिने भएको छ । चीन, इरान, दक्षिण कोरिया, जापान र इटली, स्पेन, फ्रान्स र जर्मनीका नागरिकलाई कोरोनाको संक्रमण नरोकिएसम्मका लागि अन अराइभल भिषामा रोक लगाएको हो ।

अध्यागमन विभागले सङ्क्रमण धेरै देखिएका चीन तथा चीन प्रशासित क्षेत्र, इरान, दक्षिण कोरिया, जापान र इटलीका नागरिकलाई मंगलवारदेखि अन अराइभल भिषा दिन रोकेको हो । त्यसैगरि स्पेन, फ्रान्स र जर्मनीका नागरिकलाई भने मार्च १३ तारिक अर्थात शुक्रवारबाट रोक लगाउने भएको छ । यो निर्णय कोरोना भाईरस सामान्य अवस्थामा नआएसम्मका लागि भएको अध्यागमन विभागले बताएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *