कञ्चनपुरको बेलडाँडीमा पन्ध्र वर्षीया किशोरीमाथी सामुहिक बलात्कार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

कञ्चनपुरको बेलडाँडीमा एकजना पन्ध्र वर्षीया किशोरीमाथी सामुहिक बलात्कार भएको छ । बेलौरी घरभई करीब दुई वर्ष देखि बेलडाँडी स्थित मामाको घरमा बस्ने बालिकालाई पाँच दिनसम्म घर–परिवार र आफन्तको सम्पर्क बाहिर राखी सामुहिक रूपमा बलात्कार भएको पीडित पक्षको दाबी छ ।

पीडितका किशोरीका आफन्तका अनुसार, यही भदौ चौध गते बालिकालाई अपहरण गरी भदौ १९ गतेसम्म निरन्तर यौन शोषण भएको हो । बालिका सम्पर्क बिहिन भएको पाँचौं दिन बालिकाका मामाले इलाका प्रहरी कार्यालय बेलडाँडीमा आफ्नी भान्जीको खोजी गरिदिन निवेदन दिएपछि भदौ १९ गते बालिका सहित दुई जनालाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएपछि घटना बाहिर आएको हो ।

यद्यपि बालिकालाई घटनाबारे सामान्य सोधपुछ गर्दा बालिकाले आफुमाथि कुनैपनि घटना नभएको र आफू सुरक्षित रहेको बयान दिएको इलाका प्रहरी कार्यालय बेलडाँडीले जनाएको छ । सोही समयमा तीनैजनाको मापसे समेत जाँच गरेर बालिकालाई प्रहरीले अभिभावकको जिम्मा लगाएको थियोे भने अन्य दुई जना युवकहरूलाई पनि नियन्त्रण मुक्त गरेको थियो । तर पछि बालिकाको अवस्था असामान्य देखिएपछि पुनः सोधखोज गर्दा बालिका सामुहिक बलात्कारको घटनामा परेको खुलेको आफन्तको भनाइ छ ।

बालिकामाथि सामुहिक बलात्कार जस्तो जघन्य अपराध भएकोले घटनामा संलग्न पीडकहरूलाई हदैसम्मको कारबाही हुनुपर्ने अधिकारकर्मीहरूको माग छ । दोषीलाई उन्मुक्ति दिन खोजिए कडा संघर्षका कार्यक्रम गर्ने उनीहरूको चेतावनी छ ।

बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा १७ वर्ष देखि २८ वर्ष उमेरसम्मका स्थानीय युवकहरू सुरज सावद, मनमोहन सिंह सावद , मनोज बिष्ट, दिपक भट्ट लगायतको नाममा किटानी जाहेरी मंगलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा परेको छ । घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

बालिकाको महाकाली प्रादेशिक अस्पतालमा स्वास्थ्य परीक्षण भैरहेको छ । बालिकालाई ५ दिनसम्म लागू औषध खुवाएर बन्धक बनाई बलात्कार गरेको पीडितका आफन्तको दावी छ । घटनामा संलग्न एक जनालाई पक्राउ गरिसकेको र थप ३ जनालाई खोजी भैरहेको प्रहरीले जनाएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *