कजवेमा आएको बाढीले विद्युत प्राधिकरणको गाडी बगाउंदा १ जनाको मृत्यु २ जना वेपत्ता

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

वाणगंगा नगरपालिका वडा नं ७ स्थित मधुवन धाम नजिकैको कजवेमा आएको बाढीले विद्युत प्राधिकरण जीतपुर फ्युज शाखाको गाडी बगाउंदा १ जनाको मृत्यु भएको छ भने २ जना वेपत्ता रहेका छन् । मोतीपुर भलवाड सडक खण्डमा रहेको सो कजवेमा आएको बाढीले जितपुर स्थित स्वीच सेवाको बा १ ञ १०८९ नम्बरको गाडीलाई बाढीलाई बगाएको थियो । गाडीमा प्राधिकरणको जितपुर स्वीच सेवाका ईन्चार्ज कृष्ण प्रसाद पौडेल सहित ४ जना विद्युत कर्मचारी र अन्य २ जना वाटोमा लिफ्ट मागेर चढ्ने सर्वसाधारण रहेका थिए ।

वेपत्ता २ जना मध्ये गाडीका डईभर विद्युत कर्मचारी ३५ वर्षीय माधव प्रसाद पाण्डेको शव फेला परेको छ । स्वीच सेवा ईन्चार्ज कृष्ण प्रसाद पौडेल र लिफ्ट मागेर चढ्ने अर्घाखांची शितगंगा नगरपालिका वडा नं. १३ का केशव प्रसाद भाट भने वेपत्ता रहेको घटना स्थल पुगेका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले बताए ।

गाडीलाई बाढीले बगाउंदै गर्दा गाडीबाट हाम फालेर ३ जनाले ज्यान जोगाएका छन् । विद्युत कर्मचारीहरु २७ वर्षीय विजय पोख्रेल, ५९ वर्षीय परशुराम थारु र लिफ्ट मागरे गाडी चढेकी वाणगंगा नगरपालिका वडा नं. ९ की शिक्षिका ३२ वर्षीय कोपिला अधिकारी भने गाडीबाट हाम फालेर ज्यान जोगाउन सफल भएका छन् । वेपत्ता अन्य २ जना र गाडीको खोजी कार्यमा शशस्त्र प्रहरी, नेपाल प्रहरी र सर्वसाधारणहरु मिलेर खोजी कार्य अघि बढाईएको वाणगंगा नगरपालिका वडा नं.७ का विष्णु गिरीले बताए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *