कक्षा १२ को परीक्षा असोजको पहिलो सातादेखि हुने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

विश्वभर फैलीएको कोरोना महामारीले स्थगीत गरेको कक्षा १२ को परीक्षा असोज महिनाको पहिलो सातादेखि गरिने भएको छ । कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिनकालागि सरकारले घोषणा गरेको लकडाउन अन्त्य भएपछी राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालनको तालिका बनाउन लागेको छ ।

कोरोना संक्रमणका कारण स्थगित कक्षा १२ को परीक्षा असोज महिनाको दोस्रो सातामा सक्ने गरी तालिका प्रकाशन गरिने तयारी भएको छ ।

विगतमा परीक्षा केन्द्र तय गरिएका २ सय ५० भन्दा बढी विद्यालयहरु क्वारेन्टाइन बनाइएका कारण ती केन्द्रहरु निर्मलीकरण गरी झण्डै दोब्बरको संख्यामा केन्द्र र उपकेन्द्रहरु थपेर परीक्षा सञ्चालन गर्न लागिएको बोर्डले जानकारी दिएकोछ ।

परीक्षा सकिएको १ महिना भित्र नतिजा सार्वजनिक गर्ने योजना बोर्डको छ । यसैगरि बोर्डले कक्षा ११ को परीक्षा सम्बन्धित विद्यालयहरुले नै लिने गरी कार्यविधि समेत सार्वजनिक गरेको छ ।

यसअघि ११ कक्षाको समेत परीक्षा लिंदै आएको बोर्डले अब परीक्षा सञ्चालन, नतिजा प्रकाशन र लब्धाङ्कपत्र प्रदान गर्ने जिम्मेवारी विद्यालयका प्रधानाध्यापकको संयोजकत्वमा गठित तीन सदस्यीय समितिलाई दिइएको छ ।

ग्रेडवृद्धिका लागि फारम भरेका विद्यार्थीको परीक्षा समेत विद्यालयले लिएपनि प्रमाणपत्र भने बोर्डले नै दिने छ । कक्षा ११ को परीक्षामा नियमित र ग्रेडवृद्धि गरी ५ लाख २९ हजार र कक्षा १२ को परीक्षामा ४ लाख ३० हजार विद्यार्थी सहभागी हुँदैछन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *