ओली सरकारले विश्वासको मत लिनु कुनै समस्या छैन : गोकुल बाँस्कोटा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

समाजवादी पार्टीले सरकार छाडेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनु परेपनि समस्या नरहेको सरकारले प्रष्ट पारेको छ ।

मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्न सिंहदरबारमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले संविधानको प्रावधान अनुसार विश्वासको मत लिनुपरे सरकार तयार रहेको प्रष्ट पार्नुभयो । उहाले एमसीसीसँग र अमेरिकाको इन्डो प्यासिफिक रणनीति (आइपिएस) को सम्बन्ध नरहेको पनि बताउनुभयो । इन्डो प्यासिफिकको विषय अहिले नभएर सन् २०१७ मा आएको उहाले बताउनुभयो । नेपाल र अमेरिकाबीच जे सहमति भएको छ त्यही कार्यान्वयन भएको बताउँदै उहाले केहिको असन्तुष्टीले केहि फरक नपर्ने जिकिर गर्नुभयो । एमसीसीमा सैन्य सहकार्य गर्ने कहिं उल्लेख नभएको भन्दै उहाले स्काइ ट्रक अमेरिकाले नेपाली सेनालाई सहयोग गर्नुमा कुनै शर्त नभएको दाबी गर्नुभयो ।

पुस ७ गते बसेको मन्त्री परिषद बैठकले सार्वजनिक खरिद (नवौँ संशोधन) नियमावली २०७६ स्वीकृत गरेको प्रवक्ता बास्कोटाले जानकारी दिनुभयो । संशोधन मार्फत २०७६ जेठ २३ गतेअघि ठेक्का लागेका आयोजनाको म्याद २०७७ जेठ २२ गतेसम्मका लागि थप गर्न सकिने व्यवस्था रहेकोमा यसलाई हटाउँदै म्याद थपिएको अवधिबाट १ वर्षसम्मका लागि हुने गरी ठेक्का अवधि बढाउन सकिने व्यवस्था गरिएको छ । उखुको न्यूनतम लागत, ढुवानी, मुनाफा र आम्दान समेत गरी चालू आर्थिक वर्ष २०७६- ७७ को खरिद मुल्यप्रति क्विन्टल ५३६ दशमलव ५६ निर्धारण गर्न स्वीकृति प्रदान गरेको छ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक पदमा डा. चन्द्रमणि अधिकारीलाई चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता बास्कोटाले जानकारी दिनुभयो ।

त्यस्तै मन्त्रीपरिषद्ले साना विकास आयोजना कार्यान्वयनका लागि नेपार र भारत सरकारबीच भएको सम्झौैता कार्यान्वयनका लागि कार्यान्वयन गर्नेनिकाय र ढाँचा तोक्ने निर्णय गरेको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *