ओलीले दिए ट्वीटरमार्फत मोदीलाई शुभकामना

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय स्वतन्त्रता दिवसको अवसरमा भारतीय समकक्षी नरेन्द्र मोदीलाई शुभकामना दिएका छन्। शनिबार विहान एक ट्वीट गर्दै प्रधानमन्त्री ओलीले ७४ औं स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री मोदी र भारतीय जनतालाई शुभकामना दिएका हुन्।

भारतमा शनिबार ७४ औं स्वतन्त्रता दिवस मनाइँदै छ। कोरोना महामारीकाबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीस्थित लालकिल्लाबाट देश र जनताका नाममा सम्वोधन गरेका छन्।भारतले अतिक्रमित गरेको नेपाली भूमि समेटेर नेपाल सरकारले नयाँ नक्सा जारी गरेपछि दुई देशबीचको सम्बन्धमा चिसोपना आएको छ।

योबीचमा नेपाल सरकारले वार्ताका लागि गरेको प्रयास र पहललाई भारतले प्राथमिकतामा नराख्दा कुटनीति र राजनीतिक रुपमा संवादहीनताको स्थिति छ। तर प्रधानमन्त्री ओलीले भारतको ७४ औं स्वतन्त्रता दिवसको अवसरमा समकक्षी मोदीलाई ट्वीटरमार्फत शुभकामना दिएका हुन्।यस सम्बन्धमा भारतका तर्फबाट केहि प्रतिक्रिया आएको छैन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *