ओलीको गोप्य निर्देशन : जस्तोसुकै कदम चाल्नुपर्ने हुनसक्छ, तयारी अवस्थामा रहनु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पार्टीभित्रैबाट घेराबन्दीमा पारिएको भन्दै तयारी अवस्थामा रहन प्रदेश कमिटी नेताहरुलाई निर्देशन दिएका छन् ।

बुधबार प्रदेश नम्बर १को कमिटी भेलालाई जुममार्फत सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले पार्टी एकता जोगाउन अन्तिम कसरत जारी राखेको तर केही नेताहरु समूह बनाएर आफूमाथि लागेको बताएका छन् । उनले सकेसम्म सहमति गर्ने नभए विकल्पमा जानुपर्ने भन्दै तयारी अवस्थामा बस्न प्रदेशका नेताहरुलाई निर्देशन दिएका छन् ।

सरकारले राम्रो गर्दागर्दै पनि आफूलाई असफल बनाउन पूर्वएमालेकै साथीहरु लागेको भनदै उनले भने, ‘मिडियामा पार्टी फुटाउने भ्रम छरिएको छ, तर म अन्तिमसम्म एकता जोगाउन लाग्नेछु, सहमति नआएको खण्डमा जस्तोसुकै कदम चाल्नुपर्ने हुनसक्छ कमरेडहरु तयारी अवस्थामा बस्नुहोला ।’

प्रतिपक्षभन्दा पनि आफ्नै पार्टीबाट सरकारलाई असहयोग भइरहेको बताउँदै प्रधानमन्त्री ओलीले जनताले पाँच वर्षका लागि दिएको मत खेर जान नदिने प्रतिबद्धता जनाए ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्बोधनका क्रममा सबै जिल्ला र निर्वाचन क्षेत्रमा मदन भण्डारी फाउन्डेसन सक्रिय तुल्याउन निर्देशन दिएका थिए । उनले कर्णाली विवादका कारण नेकपाभित्रको विवाद चर्किएको बताएका थिए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *