ओलम्पियन नयनाका दम्पती र छोरालाई कोरोना संक्रमण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

ओलम्पियन पौडीवाज नयना शाक्यसँगै उनको परिवारलाई नै कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।नयनाले मंगलबार सामाजिक सञ्जाल फेसबुकबाट आफु र परिवारलाई कोरोनाको संक्रमण देखिएको लेखेकी छन् । नयनासँगै उनका पति पूर्व बास्केटबल खेलाडी बिकास शाही र छोरा इभानलाई पनी कोरोना देखिएको हो ।

आफ्नो घरमा रहेको एक स्टोरका सञ्चालकलाई कोरोना देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा परेपछि स्वाव संकलन गरिदा शुरुमा कोरोना नदेखिएपनि शंक लागेर पुनः स्वाव संकलन गर्दा परिवारलाई कोरोना देखिएको नयनाले फेसबुकमा लेखेकी छिन् ।१३ औं दक्षिण एसियाली खेलकुद साग मा नेपाली महिला टोलीलाई रजत पदक दिलाएका प्रशिक्षक विकासलाई केहि दिनपछि कोरोनासँग मिल्ने लक्षण देखिएपछि परिक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएको उनले लेखेकी छिन् ।

आठौं सागको स्वर्ण विजेता नयनाले धेरै सावधानी अपनाएर घरमै बस्दा समेत कोरोना देखिएको बताउदै भाईरसलाई हल्का रुपमा नलिन आग्रह समेत गरेकी छिन् ।

उनीहरु सबैजना अहिले चिकित्सककै सल्लाहमा सावधानी अपनाएर घरमै सेल्फ आइसोलेसनमा बसिसकेका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *