ओम्नी समूहलाई कारवाही,एक वर्षका लागि कालोसूचीमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विवादास्पद कम्पनी ओम्नी विजनेस कर्पोरेसन इन्टरनेशनललाई सरकारले कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार एक सूचना प्रकाशित गरी सो कम्पनीलाई एक वर्ष कालोसूचीमा राखेको हो ।कोरोना महामारीको समयमा सम्झौता बमोजिमको मेडिकल सामग्री आपूर्ति नगरेका कारण भदौ २८ गतेदेखि लागू हुनेगरी एक वर्षका लागि ओम्नीलाई कालोसूचीमा राखिएको हो । ओम्नीले स्वास्थ्य सेवा विभागबाट कोरोना रोकथामको लागि प्रयोग हुने स्वास्थ्य सामग्री ल्याउने ठेक्का पाएको थियो ।

ठेक्का सम्झौता अनुसार समयमा स्वास्थ्य सामाग्री नल्याएपछि स्वास्थ्य सेवा विभागको सिफारिसमा कार्यालयले कालोसुचिमा राखेको हो । कालोसूचीमा परेपछि यो कम्पनीले अब एक वर्ष सार्वजनिक निकायको कुनै पनि खरिद तथा ठेक्का प्रक्रियामा भाग लिन पाउँदैन ।

ओम्नी समूहलाई स्वास्थ्यसेवा विभागले गत चैतमा करीब एक अर्ब २५ करोडको मेडिकल सामग्री खरिदकोे ठेक्का दिएको थियो । मेडिकल सामग्री खरिदमा करोडौं रूपैयाँ अनियमितता गर्न खोजेको आरोप लागेपछि सरकारले ठेक्का खारेज गरेर ओम्नीलाई कालोसूचीमा राख्ने निर्णय गरेको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *